साहित्य

गजल

By मनासलु

September 11, 2020

गयाे उडेर गयाे मन, फर्केर आउदैन । फेरि त्याे बचपन, फर्केर आउदैन ।

गरिबी र बेराेजगारीले, प्रदेशिएकाे छाेराे, सम्झेर साहुकाे आँगन, फर्केर आउदैन ।

तपाईं निकै साेचेर मात्र, बाेल्ने गर्नुस महाशय, किनकि निस्किएकाे वचन, फर्केर आउदैन ।

यदि शत्रु कमाउनु छ भने, अचुक उपाय यहि हाे, आफन्तलाई दिनुस धन, फर्केर आउदैन ।

विज्ञान अक्सर सधै, यहि कुरामा चिन्तित रहन्छ, कि नष्ट भएपछि ओजन, फर्केर आउदैन ।

काजी सुनार माेदि गा.पा.-५, पर्वत हाल, लमजुङ