यहाँ मित्रहरूले बराबर प्यार अरु को गर्छ । अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ ।
सायद भूतपुर्व प्रेमिकाको, छोरा हुनुपर्छ ऊ, नत्र चिन्नु न जान्नु मामा नमस्कार अरु को गर्छ ।
कि नेता नै हुनुपर्छ, कि त सरकारी कर्मचारी, भलै सिमा बेच्ने जस्तो भ्रष्टाचार अरु को गर्छ ।
म मात्रै हुँ जलेको प्रेम सम्झेर, खुशी भैरहने, घरै जलेपछि खरानीको सम्भार अरु को गर्छ ।
मन्दिर-मस्जिद जे भनेनि, भट्टि हो शराबीको, भन्नुस दिल दुखेकाहरुको उद्धार अरु को गर्छ ।
अभि क्षेत्री `समर्पण´ तुल्सिपुर, दाङ