बा ले छोराको सनाखत गर्नु पर्ने समय आयो सम्झिनुस अब झुपडिमा ठुलो प्रलय आयो
न दर्शक खुशिछन न तिम्रो रंगमञ्च बन्द हुन्छ बजारमा सरकारको नराम्रो अभिनय आयो
बोल्न त मलाई पनि कहाँ रहर हो ए सरकार फेरि तिम्ले गरेका कालाकर्तुतको बिषय आयो
जो हिजो भ्रष्टचार बलत्कार गरेर दोषि कहलिए आज उसैको रिहाई छ सडकमा जयजय आयो
छिमेकीले नेपाल आमाको छातिमा राज गर्दैछ सिँहदरबारबाट पनि चित्त नबुझ्दो निर्णय आयो
सुरज विक (निर्दोष) अछाम