अनवरत यात्रामा कञ्चन आकाशकाे छहारिमुनी अनगिन्ती सृष्टिका फूलहरु फूलाउदै सिङ्गाे भूमिलाइ आखाकाे क्यानभाषमा समेटेर म हिँडिरहेछु जल प्रवाहकाे वेग थामेर। म हार्न चाहन्न मुटुभरी लालीगुराँस फुलाउनु छ आखाभरी सेता हिमाल नचाउनु छ र हत्केला भरी सिङ्गाे पहाड उचाल्नु छ। म डराउँछु सूर्य निदाउँछ कि भनेर किनकी म यात्रामा हाेस वा,दैनिक कार्यमा विश्राम लिन चाहन्न र अलमस्त निदाउने सपना पनि देख्न चाहन्न तसर्थ जल प्रवाहकाे वेगलाइ थामेर अग्रगती तर्फ लम्केकाे छु अनायास निल गगन अजिङ्गर बनेर मलाई ननिलाेस् हरेक जिजिवीशा हरुलाइ कुण्ठित नपाराेस् सेता हिमालहरु फुतुफुतु झरेर मलाई नपुराेस्। अवका दिनहरुमा हिंसाले हाेइन लालीगुराँस,चिमाल,सुनाखरीमा मधुमास छाइरहाेस्। सुगन्धित भइ फक्रन नपाइ झर्न नपराेस् किनकी म अनवरत यात्रामा लम्किरहने एउटा गन्तव्यकाे यात्रारत यात्री हुँ । – श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर