साहित्य

गजल

By मनासलु

September 13, 2020

घाउ पनि खटिरा पनि पिला पनि हात्तीलाई ढलाउन्छ कमिला पनि!

मालीले उचित स्याहार गरेन भने नफुलि झर्नेछन् यी कोपिला पनि!

मान्छेहरु बिभिन्न थरीका हुन्छन गुलिया पनि हुन्छन अमिला पनि!

धुरी र खाँबा भन्दा यहाँ त अचेल अग्ला भए घरका खुट्किला पनि!

जीवनका यी उकाली ओरालीहरु असजिला पनि छन् सजिला पनि!! आर .सि धामि                                                      मष्टा गा. पा. २ बझाङ्ग