भदाै २८ चितवन । मुग्लिन–नौबिसे सडक खण्ड अन्तर्गत धादिङको मौवाखोला नजिकै तारपुलमा ट्रकले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ।
काठमाण्डौबाट मुग्लिनतर्फ आईरहेको ना ६ ख ३४६४ नं. ट्रकले सडक छेउमा हिडिरहेका बालकलाई बेनिघाट रोराङ गाउँपालिका १० तारपुलमा आज दिउँसो अन्दाजी ४ः३० बजेतिर ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गोर्खा गण्डकी गाउँपालिका ६ कौदीखोलाका १२ वर्षिय परबचन प्रजा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। साथै हाल ठक्कर दिने सवारी साधन र चालक प्रहरी चौकी जोगिमारा धादिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
यसैबिच दोषीलाई कडा कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै स्थानीयहरुले मुग्लिन नाैबिसे सडकखण्ड अवरुद्ध गरेका छन् ।