फाइल तस्वीर

Breaking News

असाेज १ गतेदेखि लामो तथा छोटो दुरीका सवारी सधान सञ्चालन हुने

By मनासलु

September 14, 2020

भदाै २९, गाेरखा । गोरखाबाट असाेज १ गतेदेखि लामो तथा छोटो दुरीका सवारी सधान सञ्चालन हुने भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि सेवा प्रदायक कार्यालय गोरखाले बन्दाबन्दीको ६ महिनापछि जिल्ला भित्रबाट लामो तथा छोटो दुरीमा सवारी सञ्चालन गर्ने निर्णय गरेको हो । ‘नियमति जस्तै क्युमा त गाडीहरु त छुट्दैन, पृथ्वी राजमार्ग बस सञ्चालक प्रा.लि सेवा प्रदायक कार्यालय गोरखाका प्रमुख राजन ढुङगानाले भने, ‘तर सवै ठाउँमा गाडी भने छुटाउने निर्णय हामीले गरेका छौ ।’ प्रा.लि अन्तर्गत गोरखाबाट नियमित यातायात छुटाउने गरेका सवै गन्तव्यका लागि थोरै संख्यामा गाडी सञ्चालन गर्ने निर्णय कार्यालयले गरेको उनले बताए ।

प्रमुख ढुङगानाले सरकारले निर्धारण गरेका सवै स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ पालना गर्दै सवारी साधन सञ्चालनमा ल्याइने दावी गरेका छन् । ‘सरकारले तोके अनुसार स्वास्थ सुरक्षाको मापदण्ड अनुसार चालक, सहचालकले सेफ कभर लगाउन लगाउने, ग्वोब्स, मास्क सेनिटाइजरको प्रयोग गर्ने निर्णय हामीले गरेका छौ ।

सवारी साधनमा यात्रा गर्ने यात्रुले पनि अनिबार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ ।’ मास्क प्रयोग नगर्ने यात्रुहरुले सवारी साधनको प्रयोग गर्दा गाडीमा नै मास्क उपलब्ध गराउने व्यवस्था समेत गर्न लागिएको जानकारी दिए ।  मास्क उपलब्ध गराउदा यात्रुले बजारको मूल्य बराबर नै पैसा तिर्नुपर्ने पनि ढुङगानाले भने । ‘प्रत्येक यात्रुलाई अनिबार्य रुपमा मास्क लगाउन अनुरोध गर्ने, मास्क नलगाई आउनु भएको छ भने मास्क पनि बसमै उपलब्ध गराउने तर त्यसका लागि उनीहरुले बजार मूल्य बराबरको पैसा तिर्नुपर्छ ।’

बसमा यात्रु बोक्नु अघि र पछि अनिबार्य रुपमा सवारी साधनलाई सेनिटाइज गरिने तथा भौतिक दुरी कायम गराउन दुईवटा सिटमा एकजना मात्र यात्रु राखेर सवारी सञ्चालन गरिने प्रमुख ढुङगानाको बताए । ‘भाडादर सरकारले जे कायम गरेको छ, त्यहि हुन्छ, सरकारले तोकका सवै मापदण्डको पूर्णपालना गरि सवारी चलाउछौ,उनले भने,‘ मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारवाही हुन्छ ।’ गोरखाबाट काठमाण्डौ, पोखरा, नारायणघाट, खोेलेसिमल, बेसिशहर, भैरहवा, जनकपुर जलेश्वर लगायतका प्रमुख शहरहरुमा सार्वजनिक यातायात सञ्चालन गर्दै आइरहेको छ ।