साहित्य

गजल

By मनासलु

September 15, 2020

ठिक छानिएको छ थुप्रै बेठिकबाट ! म यो नियालि रहेकोछु नजिकबाट !!

‘यो संसार मान्छेहरुको प्रयोग रहेछ’ ! यस्तो बिज्ञप्ति आयो बैज्ञानिकबाट !!

किन उपहारमा मलाई आगो दियौ ? र किन बनायौ मलाई प्लाष्टिकबाट ??

ए ! जीवन, भोलि देश कसरी रहला ? आज देश पढिएन भने नागरिकबाट !!

जीवन सराेवर                                                तुर्माखाद गा.पा.६ अछाम