Breaking News

युनिटी ग्रुपमा आवद्ध युवाहरु द्रारा तनहुँको डुम्रेमा फुड बैंकको स्थापना

By मनासलु

September 15, 2020

प्रजुन श्रेष्ठ, डुम्रे, तनहुँ । युनिटी ग्रुप तनहुँको आयोजनामा आज मङगलबार बन्दिपुर -१ डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ। स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले “हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै “उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आज एक कार्यक्रमकाबीच उक्त फूड बैंकको शुभरम्भ गर्नुभएको हो। अध्यक्ष थापाले युवाहरूको समूहले फुड बैंकको स्थापना गरेकोमा खुसी हुँदै प्रक्रियागत ढंगले अगाडी बढे गाउँपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।

युनिटी ग्रुपका संयोजक विक्रम गुरुङको संयोजकत्वमा स्थानीय युवाहरू,बिदेशमा रहेका लगायत सहयोगी दाताहरुबाट सहयोग जुटाउदै यस कार्यक्रमको सुरुवात गरिएको साथै सहयोग गर्न इच्छुक दाताहरुले ग्रुपका सदस्यहरु मार्फत सम्पर्क गरी सहयोग गर्नसक्ने समेत गुरुङले जानकारी दिएका छन् । कोबिड १९ का कारण लामो समयदेखि रोजगार गुमाएका व्यक्तिहरू अपाङ्ग, अशक्त वृद्ध वृद्धा व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यका साथ फुड बैंकको अवधारणा अगाडि सरेको गुरुङले बताए। ग्रुपले सहयोगको रूपमा चामल ४ केजी ५०० ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने गरेको छ।

कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल ,तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ,डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, ग्रुपका सदस्यहरु, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।