प्रेम खेल हो जुन मान्छेले भनेको छ नि एकदमै ठिक भनेका रहेछन् सायद राम्रो सँग बुझेको हुनुपर्छ त्यो व्यक्तिले प्रेमलाई र अाज मैंले बुझे यो प्रेमको परिभाषालाई तिमी म सँग हुँदा प्रेम बुझ्न नसकेको प्रेमी म तिमी टाढा भए पश्चात बुझ्दैछु के हो प्रेम साच्चै प्रेम खेल हो र यसमा तिमी र म खेलाडी थियौँ निश्चित बिन्दुमा पुग्ने हाम्रो सपना थियो यो प्रेमको खेल थियो कुनै दौडको खेल होइन हामी एक अर्काको लागी खेल्नु पर्थ्यो वास् एकको स्वार्थको लागी होइन तिमीले के पायौ र बिचमा मलाई छोड्यौ तिमीलाई नै थाहा होला तर बिचमा खेल्न छाड्ने खेलाडीलाई हारेको मानिन्छ र म जितेर पनि कहिले खुसी हुन सकेको छैन बरु अझ धेरै रोए कराए कारण तिमी हारेको म सहन सक्दिन अन्तिम मा मेरो आँसु सुके पछि यहि सोचेर अहिले मुस्कुराउन खोज्छु कि तिमी यसकारण खुसी भयौ होला कि जीत मेरो भएको छ र तिमीलाई नै गुमाएर म आफुलाई विजयी कसरी भनुँ ?
अनवर अली झापा गाउँपालीका ५ पन्थापाडा ‘ झापा’