Breaking News

नारायणगढ -मुग्लिन सडक सुचारु

By मनासलु

September 15, 2020

भदाै ३० मुग्लिन । गएराति परेकाे वर्षाका कारण अवरुद्ध बनेकाे नारायणगढ मुग्लिन सडक  भर्खरै सुचारु  भएको छ। पहिरो हटाएर अवरुद्ध सडक दुईतर्फी सुचारु भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

साेमबार दिउँसो सुख्खा पहिरो गएर साझ ५:३० देखि एकतर्फी सुचारु भएको सडक पुन: राती १० बजेबाट पहिरो झरेको कारण अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुदा रातभर सयौ सवारीसाधनहरु सडकमा नै अलपत्र भएको थियो। पाँच किलाे क्षेत्रमा गएकाे पहिराेका कारण ८ वटा घर समेत बगाएकाे थियाे ।