सबैले ढोग्ने मान्छेको शिरमा पर्यौ भाग्यमानी रहिछौ फुल सम्झेथेँ गलत सम्झेँछु तिमी त खरानी रहिछौ
तिमी भित्रिना साथ उस्ले घर छोड्यो देश छोड्यो दुलही रहेनछौ उस्को लागि पनि राहदानी रहिछौ
हरेक चिजहरुको महत्त्व गुमाएपछी थाहा पाइन्छ तिमिलाई गुमाएरै हो म भात भएको चौलानी रहिछौ
तिम्रो स्वच्छता देखेर बाधेर राख्न खोजेको थियँ मैले हारेँ तिमी बगेरै छोड्यौ गंगाको पानी रहिछौ राजा रावत प. वि. न.२ अछाम