Breaking News

मलकाे कालाेबजारी गर्ने वडा सचिवले फिर्ता गरे किसानकाे रकम

By मनासलु

September 16, 2020

भदाै ३१ गाेरखा । गाेरखाका किसानलाई लागत भन्दा धेरै मुल्यमा मल विक्री गरेर फरार गाेरखा नगरपालिका वडा नम्बर ५ का वडा सचिवले किसानहरुकाे पैसा फिर्ता गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ ले वडा कार्य समितिको बैठक नै बसेर मलको खरिद मूल्य र ढुवानी खर्च बाहेक लिइएको थप रकम फिर्ता गरेको वडा सचिव इन्दिरा अम्गाईले बताइन ।

‘मल खरिद गरेका किसानहरुलाई कार्यालयमै बोलाएर बढी परेको रकम फिर्ता गरिदिएका छौ, उनले भनिन, आज २५ जना किसानले रकम फिर्ता लैजानु भएको छ ।’ रकम फिर्ता लैजान बाँकी रहेका किसानहरुलाई समेत वडा कार्यालयले बढी लिइएको रकम फिर्ता गर्ने सचिव अम्गाईले बताइन

बजारमा रहेकाे जनमुखि उपभाेक्ता सहकारीबाट ९५० तिरेर लगेकाे मल ४ किलाेमिटर दुरीमा रहेकाे वडा कार्यालयमा पुर्याउँदा मलकाे मुल्य बढेर एकहजार २५० पुगेकाे थियाे ।

वडासचिव अम्गाईले आगामी दिन यस्ता खालका कमिकमजोरी आफूबाट नहुने बताएकी छन् । कार्यालयले प्रति बोरा रु १७५ रुपैयाको दरले किसानलाई रकम फिर्ता गरेको हाे । यस अघि किसानहरुकाे गुनासाेका आधारमा मनासलु डटकमले समाचार प्रकाशित गरेकाे थियाे ।