साहित्य

गजल

By मनासलु

September 16, 2020

अचेल त मनहरु पनि पत्थरका भएछन आफैमा अति कठोर बनी पत्थरका भएछन

सायद उ जानेरै बोलेको हुनुपर्छ यी भनाउदाहरु धनि पत्थरका भएछ्न

फुलहरु प्रेमको विरुद्ध जुलुस निकालि गर्नुपर्छ संघर्ष भनी पत्थरका भएछन

हिजोसम्म उनिहरु नौनी जस्तै जस्तै थिए आज किन हो तनि पत्थरका भएछन

गीताञ्जली भावुक इटहरी, सुनसरी