साहित्य

गजल

By मनासलु

September 16, 2020

एक्कासि तिमी मसित झर्किदा अचम्म लाग्यो तेलकाे पानी जस्तै गरि तर्किदा अचम्म लाग्यो ।

हराउथें सदैव म तिम्रो मायामा नशालु बनि बेवारिसे झरि जस्तै तिमी दर्किदा अचम्म लाग्यो ।

मसँग लगाएको सबै नाता झुटाे थियो भन्दै अर्कोैकाे हात समाएर फर्किदा अचम्म लाग्यो ।

झुटाे सपना देखायाैं र दिलमा बाँस बस्याैँ अतीत संझि छात्ति चर्किदा अचम्म लाग्यो ।।।

मिरा बराल भरतपुर चितवन