Breaking News

बुधबार अहिलेसम्मकै धेरै १५३९ संक्रमित थपिए

By मनासलु

September 16, 2020

गाेरखा ।  नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।

योसँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैवीच गण्डकी प्रदेशमा कुल सङ्क्रमित ३१७१ मध्ये १९०२ जना निकाे भएर घर फर्किएका छन् भने १२३८ जना उपचार गराइरहेका छन् ।