उसले त अधुरो सपना दिएर गयो । कहिलै नमेटिने तृसना दिएर गयो ।
म त यसै पिडित थिए झन पीडा थपेर जीवन भरिलाई यातना दिएर गयो ।
त्यसैले याद गरिरहन्छु म सधैभरि केही पलको मीठो सम्झना दिएर गयो
जीवन हासि खुसि चलाउनु भनी उसले किन मलाइनै शुभकामना दिएर गयो ।
अचानक एकदिन यसरी प्रस्तुत भयो धड्कनले मुटुलाई सुचना दिएर गयो ।
दुर्गा मन्दिर ,अछाम