साहित्य

शर्मिला श्रेष्ठको मन छुने गजल

By मनासलु

September 17, 2020

ढल्क्याे जवानी र नि ,रहर उस्तै छ प्राप्ति लागि गरियाे,कहर उस्तै छ।

पाइला पिच्छे घाउ कति हुन्छन् कति मलम लगाईयाे , चहर उस्तै छ ।

ढाडस दिदा नि पाेलिरहन्छ चाहा नयन रुझाउँने , पहर उस्तै छ ।

बलेका आगाेमा घिउ थप्छ दुनियाँ घाउमा नुन्चुक् छर्ने , शहर उस्तै छ।

गरि खाने मुहान , हुदै गयाे सुक्खा त्यसमाथि काेराेना , जहर उस्तै छ।

शर्मिला श्रेष्ठ ललितपुर ,हाल अमेरिका