साहित्य

गजल

By मनासलु

September 17, 2020

गजल तिम्रो साथ गाउँ घर छुटे देखि अरु के भनौ? मनमा छैन सन्तुष्टि अलिकति अरु के भनौ?

याद हरुकै भारी बोकेर बसेको छु प्रिया म आँखैमा छन लालाबाला झोपडि अरु के भनौ?

बैरि हरुको नजर लाग्ला आफ्नो ख्याल गरेस सम्मालेर राखेस प्यारी जवानी अरु के भनौ?

प्रियसिको मुखार बाट यस्तै शब्द सुन्न पाईन्छ स्वदेश फर्कि हाल ए परदेशि अरु के भनौ?

न निन्द्रा नै पर्छ न सपनिमा आउछौ तिमी धौ धौ काटिन्छ अचेल राती अरु के भनौ?

✍️सुरज निर्दोष                                                           अछाम