Breaking News

उपत्यकामा थपिए ६८१ संक्रमित, कुन जिल्लामा कति (तथ्यांकसहित)

By मनासलु

September 17, 2020

काठमाडौं- उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार  २४६ जनामा कोरोना संक्रमित फेला परेका छन् ।  १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लाे २४ घण्टा काेराेना भाइरसका कारण थप चार जनाकाे ज्यान गएकाे छ । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै आज एक हजार २४३ जना काेराेना मुक्त भएका छन् । हालसम्म काेराेना मुक्त हुनेकाे संख्या ४२ हजार ९४९ पुगेकाे छ ।

हेर्नुहाेस् कुन जिल्लामा कति संक्रमित ?