मुटुको चिराचिरा बनाएर चेहराको कालो छाला बनाएर कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर
आफ्नै जीवन सल्कायौ,समाजले मूर्ख घोषणा गर्यो यी झिना मसिना कुरामा तिमीले मन ज्वाला बनाएर
न त तिमीले सुबिधा पायौ , न त तिमीले जस पायौ ए गाउँ , भुँडीको सम्मानमा यति धेरै माला बनाएर
घमासान युद्द चलिरह्यो खुल्दुली र जिन्दगी बिचमा जहाँ, खुसीले खुकुरी बनाएर, रहरले भाला बनाएर
ए छिमेकी तिमीले अन्याय माथि अन्याय गरेका छौँ मेरो बिधुवा आमाको अगाडि सुनको बाला बनाएर ✍️नरेन्द्र (बिष्ट समाकुल) , बझाङ , सुनकुडा