मुक्तक १
छोरो ढल्यो बिदेश मा कमाईको लागि गएको, बा सकिन फर्किन त्यो ठमाईको लागि गएको। बाल बच्चाको बिचिल्लि छ देशमा फर्केर हेरौँ, सरकार संदनमा उनैको रमाईको लागि गएको।
मुक्तक २
निदार खुम्चाएर हेर एक पटक हाल शन्तानको, अकाल मा किन मर्ने बनाएका चाल शन्तानको। छैन कोहि अभिभबक शन्तानको हुँन्न सोध पुछ, देश बिदेश भरीमा हुँन्छ ठुलो बबाल शन्तानको।
मुक्तक ३
खाडिमा भेडा अनी ऊँट चराएर बच्चा पाल्छन, बाध्यताले कष्ट लाई मन पराएर बच्चा पाल्छन। देशभक्त हरुले पाएन आफ्नो गुजारागर्न देशमा, बिदेशको भुमिलाई पनि सराएर बच्चा पाल्छन।
मुक्तक ४
जनताले देशको गरिमा लाई भुले पछि के होला, बिदेशी हिमाल पहाड तराई चुले पछि के होला। कसरी जोगिन्छ देशको अखण्डता र एकता हेर, युवा काम खोज्न संसारभरी डुले पछि के होला।
मुक्तक ५
बाबा मरेर गए आर्थिक अभाबमा रहेर सदैभरी, आमा दिन गन्दै छिन दासी जस्तै भएर सदैभरी। बस्नु छैन छोरा छोरीलाई यो आगनि बिरानभयो, पुस्तौँ देखि रोएकाछन सबै लाहूर गएर सदैभरी।
सुरेशकुमार पान्डे दाङ घोराही उप महानगर पालिका १८, हाल भारतको एन सि आर