समाचार

गाेरखाकाे शहिद लखन गाउँपालिका भित्र सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक प्रशिक्षक रहने

By राजेन्द्र न्याैपाने

September 18, 2020

असाेज २ गाेरखा ।

शहिद लखन गाउँपालिकाकाे आयाेजनामा प्रविधिमैत्रि कक्षा व्यवस्थापन सम्बन्धि प्रशिक्षक प्रशिक्षण ३ दिने तालिम आज सकेकाे छ ।

गाउँपालिका स्थित शिक्षा शाखाकाे समन्वयमा भएकाे कार्यमले पालिका भित्र रहेकाे सबै तहका सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक प्रशिक्षक तयार गर्ने जनाएकाे छ ।

पालिकामा प्रशिक्षण लिएका  १९ जना  शिक्षकहरुले आफ्नाे विद्यालय र छिमेकी विद्यालयका शिक्षकहरुलाइ चार दिन तालिम दिएसँगै पालिका भरीका  साथै नजिकका  विद्यालयका शिक्षकलाई ४ दिने तालिम दिएर प्रविधिमैत्री बताउनेछन्  |

पालिकामा यस अघि नै कक्षा ११ र १२ काे पठनपाठन भदाै २३ गतेदेखि नै प्रविधिकाे प्रयाेग गरेर भैरहेकाे छ ।  शहिद लखन गाउँपालिकाले   ११ माविबाट १२ शिक्षक ६ आविबाट ६ र १ प्राथमिक विद्यालयका एक शिक्षक गरि जम्मा १९ शिक्षक प्रविधिमैत्री तालिम दिएकाे छ ।

प्रविधिमैत्री तालिममा प्रशिक्षकहरु  कृष्ण गुरुङ, अनुप बाबू श्रेष्ठ , शिक्षा शाखाका कर्मचारीहरुले सहजीकरण गरेका थिए । पालिका भित्र ११ मावि, ६ आधारभूत र २७ वटा प्रावि रहेका छन्  ।

सुविधा सम्पन्न भवन, भाैतिक स्राेत साधनकाे पर्याप्तालाइ ध्यान दिँदा शहिदलखनमा प्रविधिकाे प्रयाेग गरेर कक्षा सञ्चालन गर्न सकिने अवस्था रहेकाले प्रशिक्षक तयार गरी विद्यालय सञ्चालन गर्ने वातावरण निर्माण गरेकाे शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।