Breaking News

संविधानसभा र संघीय लाेकतान्त्रिक गणतन्त्र बयलगाडेहरुमा सुरक्षित छैन : डा.बाबुराम भट्टराई

By मनासलु

September 19, 2020

गाेरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी दशवर्षे माओवादी जनयुद्ध र मधेश विद्रोह भएको बताउँदै बयलगाडेहरुको हातमा यो व्यवस्था सुरक्षित नरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेश विद्रोह हुन्, अरु धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन । गर्भमै यातना दिएर शिशुलाई अपाङ्ग बनाउने बयलगाडेहरुको हातमा यो सुरक्षित छैन । अपाङ्ग शिशुको  उपचार र रक्षा गरौँ ।’

उनले बयलगाडे कसलाई भनेको भन्ने कुरा प्रष्ट पारेका छैनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलनका क्रममा दिएको एक भाषणका क्रममा नेपालमा संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु भनेको ‘बयलगाडा चढेर अमेरिका पुग्नु’ हो भनेर गणतन्त्र विरोधी अभिव्यक्ति दिएका थिए ।

संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!

— Baburam Bhattarai (@brb1954) September 18, 2020