साहित्य

कविता : गरिबी

By मनासलु

September 19, 2020

पहिले भने जस्तो काम पुग्थ्यो भोक लाग्दा माम भए हुन्थ्यो गरिबको साहार को छ यहाँ ढुङ्गाको देवताले के दिन्थ्यो

पुजा गरे पनी कर्म गर्ने खै ठाउँ निमित्त आएन कसरी रमाऊँ पेट काटेर पाल्न पर्छ परिवार सबैलाइ छोडि अब कहाँ जाऊँ

जिन्दगी नि संघर्ष मै बित्ने भो जति गर्दा नि केही नहुने भयो आफू मर्दा सबैलाई दु:ख हुन्छ कसरी बचाउँ के भनेर बाँच्ने हो

सारा संसार बुझीं अघि हुनुपर्छ घर चलाउँन लडेर गर्नुपर्छ एक दिन आउला मेरो पनि दिन परिवारकै लागि श्रम रोज्नु पर्छ

सोमनाथ लुइटेल रवि पाल्पाली बर्दिया गुलरिया ३ हाल :- युगाण्डा