अभावले भोक खायो अघाउन सिकायो यो जिन्दगी हर रात फुटपाथमा निदायो
दौडिदै समयले एक क्रान्ति हो भन्यो मसाल बोक्दै सपनाले रहरहरु जलायो
बगर छेउमा थियो घर त्रिपाल ओडेको मध्यरातमा आयो बाढी सर्वस्व बगायो
उघारेर पर्दा चिहाई हेर्ने सुन्दरीले मलाई तस्बिर पठायो गुलाब पठायो
चँन्द्रमामा घर बनायो रहरहरुले पनि मेरा एकथरी चहानाले गन्तव्य भेटायो
मिन बाब्ली मिलन अछाम गजल मञ्च सचिव प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश सदस्य साँफेबगर नगरपालिका १३ बाब्ला, अछाम bablimilan9@gmail.com