समाचार

पाँचाै संविधान दिवसका अबसरमा गोरखा कारगारका कैदीलाई फलफूल बितरण

By मनासलु

September 19, 2020

गोरखा । पाँचौ संविधान दिवसको अबसरमा जिल्ला कारागारमा गोरखामा रहेका कैदीबन्दीलाई फलफुल बितरण गरिएको छ । प्रमुख जिल्ला तिर्थराज भट्टराई सहितको टोलीले कारागारमा पुगेर कैदीबन्दीहरुलाई फलफुल बितरण गरेको हो ।

दिवसको अबसरमा अघिल्ला बर्षमा जिल्लामा भव्य कार्यक्रमहरु हुने गरेको भएपनि यो बर्ष कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणका कारण सामान्य कार्यक्रम गरि संविधान दिवस मनाइएको हो । आजकै दिन दोस्रो संबिधान सभा मार्फत नेपालको संबिधान जारी २०७३ जारी भएको दिनलाई हरेक बर्ष संबिधान दिवसको रुपमा बिभिन्न औपचारिक कार्यक्रम गरि मनाउने गरिदै आएका थियो ।

दिवसको अबसर पारेर जिल्ला प्रसासन कार्यालय परिषरमा सरसफाई गरिएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा जिल्ला समन्यव समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो । यता आजै गोरखा नगरपालिका गोरखाले पनि संबिधान दिवसको अबसरमा नगरपालिका परिषरमा सरसफाई गरेको नगरपालिकाले जनाएको छ ।