साहित्य

रमेश संयोग श्रेष्ठ को मन छुने गजल

By मनासलु

September 20, 2020

हेर्नुछ यो दुनियाँमा को को जाली रहेछन् । धनकै कारण इज्जत किन फाली रहेछन् ।।

श्रीमानले खाडी मुलुकमा बर्षौ बर्षदेखि । आफ्नो प्रियसिको प्यार सँगाली रहेछन् ।।

सीप छैन जागिर छैन बेरोजगारी युवाहरु । चोक-चोकको भट्टि तिर बराली रहेछन् ।।

सोझो सिधालाई भड्काउने दौड धुपमा । मान्छेले मान्छेलाई माथी उचाली रहेछन् ।।

राेजगारी छैन आफ्नै देशमा केहि गरी खान । युवाहरु परदेशमा पसिना पखाली रहेछन्।

 

रमेश संयोग श्रेष्ठ मोरङ , उर्लाबारी हाल :- रियाद , साउदी