राति राति मेरो निद्रा बिथोली जान्छन् । जादा सपनाहरु पनि नबोली जान्छन् ।।
बिझाउँदैनन् आँखामा राखे पनि कोही । कोही भने मनमा विष घोली जान्छन् ।।
न त जिउन सकिन्छ न त मर्न सकिन्छ । जब मुटुचिरी वचनका गोली जान्छन् ।।
लोभको भाडो पनि कहिल्यै नभरिने । संसार त्याग्दा सबै मुठीखोली जान्छन् ।।
आखिर खरानी नै र छ जिन्दगानी है ! र त आफ्नैले चितामाथी पोली जान्छन् ।।
रवि रोदन,, सु,प,कैलाली !!