उसले बाटोमै हराएको कहानी छ म संग । रुमाल पोको पठाएको कहानी छ म संग ।।
हेर मुटु दिन्छु भन्ने हरु त रुवाउदै जान्छ्न । जब कसैसग बचाएको कहानी छ म संग ।।
कसैको आँखा न लागोस भन्दै दिनु भएको गाजल लगाउदै लजाएको कहानी छ म संग ।।
यादहरु बाकी राखी प्रदेशी ले घर छोडदा । बिदाइमा आँसु बगाएको कहानी छ म संग ।।
रुदै शिर सजाउन नपाए पनि मनमा राख्ने । तिम्रै हु म भन्दै फकाएको कहानी छ म संग ।।
इन्दिरा आचार्य नेपालगञ्ज