किन गर्छौ यस्तो हतार साझ परेसी आउनु जे जे माग्छौ दिन तयार साझ परेसी आउनु
जिब्रो टोक्दै कंशहरु मुल्य सोध्न आउछन् गर्ने भए ज्यानको उद्वार साझ परेसी आउनु
आँखा खोलेरै निदाउछु भोक चपाएर बस्छु हेर्न सडक पेटि मेरो संसार साझ परेसी आउनु
अर्धनग्न हुन्छ शरिर कुरुप हुन्छ यो चेहरा धुवाँ धुलो हुन्छ श्रृङ्गार साझ परेसी आउनु
देखाई दिन्छु दिल खोलेर द्रदहरु जिन्दगीका हजुरलाई निम्तो सरकार साझ परेसी आउन
सयपत्री,मखमली के के चाहिन्छ तिमीलाई गरेकिछु फुलेको ब्यापार साझ परेसी आउनु मिन बाब्ली मिलन अछाम गजल मञ्च सचिव प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश सदस्य साँफेबगर नगरपालिका १३ बाब्ला, अछाम bablimilan9@gmail.com