Breaking News

पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारी साधन पुरिए

By मनासलु

September 23, 2020

असोज ७.गजुरी ।  अविरल बर्षासंगै पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारी साधन पुरिएका छन् । सडक माथिबाट आएको पहिरोमा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अहिले सडक अवरुद्ध रहेको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।