मलाई अभाबको पिरामिडले थिच्दै लग्यो म भासिए अभाबसंगै म बगिरहे आँसुका ढिक्कासंगै प्रिय मसंग तिमिले के माग्छौ र ? के छर मसंग त्यस्तो सम्भावना ? मसंग अभावको मुटु बाहेक केही छैन मसंग सम्भावना छ भन्छौं र आषाको तिर फ्याक्छौ घरिघरि प्रिय मसंग अभाब छ। के अभाबमा नि साथ दिन्छौ र?
अभाब खाउला अभाब पिउला अभाबमै बसौला प्रिय, अभाबको छुट्टै दुनिया हुदैन र मेरो अभावसंग माया गर्छौ भने मेरो अभाबलाई स्विकार गर्छौ भने प्रिय म तिम्रो अभाब हुन्छु तिमी मेरो अभाब बन आउ प्रिय अभाबै अभाबको यौटा सुनौलो बस्ति बसाउँ
अभाबको आगनमा कहिल्यै अभाब हुने छैन अभाबको दैलोमा कहिल्यै पनि अविश्वास हुने छैन अभावको भान्सामा भोकै बस्नु पर्दैन अभावको बिस्तरामा कहिल्यै साथ छुट्दैन आउ, अभावको डुङ्गामा जीवन राखेर अभावको महासागर तरौं ।।
धिरेन अनुपम