मेराे आगनमै गंगा छिन आउछिन र तानेर लैजान्छिन मेराे पिडीकाे डिल अनि मिसाउछिन् आफ्नाे काेखमा
अगेनाकाे माथि रहेकाे भारबाट तप्प तप्प तप्किनछ पानिकाे थाेपाहरु निभाउनु अघि निभ्न पुग्छ आगाे हाे अचेल म जुन ताप्छु अगेनाबाट अनि छानाेकाे धुरीबाट नियाल्छु सिङ्गै आकास हाे अचेल आकास बेठकमै आएर अडिए पछि हाे मेराे घर नै दुनिया लागेकाे जुन थालमा टल्किएर पछि हाे । भाेक लाग्न छाडेको अगेनामा पानी परेपछि हाे प्यास लाग्न छाेडेकाे हाे अचेल …. घाम लाग्दैन मनमा ताताे हुदैन आतंमा
दश लिटरे ग्यालिन बाेकेर घण्टाै लाईनमा बसेपछि आत भरिने गरी पानी पिउथिन आमैले आज बिस्तारामै सुईमिङ्ग ताल छ झन तनावमा छिन आमा बेचेर कुखुराकाे चल्लाहरु नातिनीलाई सुन हाल्दिन्छु भन्थिन आमा आज सुनकाे सपना भान्साका नुन पग्लेर पानी भए जस्तै मन पानी पानी भएकाे छ उनकाे
आगनकाे डिल लैजादा सम्म च्वाँक च्वाक मुख बजाउने बाबै अतालिएका छन तर्सेर दुबै हात आकासतिर फर्काएर खाई के के बाेल्दैछिन छिमेकी भाउजु सायद , साउनकाे झरी जस्तै निठुर भएका छन् दैवकाे मन आपत्ती गरिरहेछन मान्छेहरु हाे आज झरी बैमान भएको छ र लुछेर लगेकाे छ आगनकाे डिल
श्रीशा शाही काबासोती,नवलपुर नवलपरासी