साहित्य

गजल

By मनासलु

September 23, 2020

यदि बिर्सन सकेको भए तलाई रुन पर्थेन! सम्झाउथे म आफ्नै यो मनलाइ रुन पर्थेन!

तेरै यादमा तड्पिएर,भएर पागल जस्तो पलपल आफ्नै मनलाई जलाई रुन पर्थेन!

के छ उपाय?के गर्नुपर्छ बिर्सन तैले झै? बिन्ती यत्ती भनिदेन मलाई रुन पर्थेन!

रहर थियो सुखी जीवन बाँच्न मलाई पनि तँ नगको भए जिन्दगी खल्बलाई रुन पर्थेन!

एकएक पल यसरी मार्नु नै थियो भने प्रीया मट्टीतेल छरि कोरिदिन्थिस् सलाई रुन पर्थेन!

श्यामश्वेत बिश्वकर्मा राजापुर ५ बर्दिया