तिम्रो खुट्टामा सुन छ यहाँ मेरो अम्मल छैन कसरी जितिएला युद्ध पाखुरामा बल छैन
कुर्सीमा बस्नेहरू पनि जुता लगाएर बस्छ्न गाउँमा भारी बोक्ने हरुको पनि चप्पल छैन
पेट भोको छ सुन्दर शहरको के कुरा गर्छौ सुख्खा हिड्न पनि त मेरो गाउँमा ढल छैन
भन्दिनु गएर देशका ठुला भलादमीहरु लाई गरिब बस्तीमा खाने छोड्देउ पिउने जल छैन
धनगिरी फडेरा दुनै, डोल्पा