म नेपालकाे शानकाे गीत गाऊँ सधैं राष्ट्रकाे प्रार्थना गुनगुनाऊँ
मलाई कुनै स्वर्ग चाहिन्न अर्को गरी कर्म नेपालमै मर्न पाऊँ
सुधातुल्य मानिन्छ आफ्नाे कमाइ म आफै गरूँ श्रम कमाएर खाऊँ
प्रतिज्ञा गरेको छु मालिक नबन्ने म सेवक हुँ सेवा गरेरै रमाऊँ
छ तिर्खाएजस्ताे धरा उर्वरा यो बगाएर पसिना म माटो भिजाऊँ
जहाँ नाङ्गिएका पखेराहरू छन् म पाेखूँ त्यहाँ सीप हरियाे गराऊँ
म सन्तान तिम्रै हुँ नेपाल अामा पुजूँ शुद्ध मनले, सधैं शिर झुकाऊँ
बहर- मुतकारिब मुसम्मन सालिम अर्कान- 122.122.122.122. काफिया बन्धन- आऊँ
घनश्याम परिश्रमी