साहित्य

सुरेेशकुमार पाण्डे को गजल

By मनासलु

September 25, 2020

कता कतिले कोरोनाको ओटमा चोट दिएका छन, जस्तै नेताले जनतालको भोटमा चोट दिएका छन।

केहि ब्यबस्था उस्तैछ पुँजिवादी प्रदिशप्रधा देशमा, केही ले हाम्रो न जानीदो खोटमा चोट दिएका छन।

काम धन्दा छैन बेरोजगारीले सताएको यो घडीमा, बिचरा मज्दुर लाई एउटा रोटमा चोट दिएका छन।

कताकति राजनीति र कताकति गोरख धन्दा हुँदा, जाल बनाएर डालर भारु नोटमा चोट दिएका छन।

कसैले भन्छ खाकीमा दाग कसैले सेतो पोषाक मा, गरिबहरुलाई कति कालो कोटमा चोट दिएका छन।

सुरेशकुमार पान्डे