साहित्य

भावुुक संघर्ष को मन छुने गजल

By मनासलु

September 25, 2020

जन्ती ल्याउँछु, डोलि ल्याउँछु भन्नू मात्र भयो पर्खी बस मेरि सानू भोलि ल्याउँछु भन्नु मात्र भयो

चुरा-पोते, शिरको सिंदुर अर्कैको सजाएपछी बिहेको सुन्दर सारी, चोली ल्याउँछु भन्नू मात्र भयो

वर पिपल झै संगै हुने वाचाहरु टुटे आज जीवनभर रंगिन होलि ल्याउँछु भन्नू मात्र भयो

हाम्रो मायाको संसार जलाउनेहरुका विरुद्ध    हातहतियार र गोलि ल्याउँछु भन्नू मात्र भयो

भावुक संघर्ष                                        लँयाटि,अछाम                                                    हाल, बाँके