शशी बा आमाकी पाँच बहिनी मध्ये साइँली छाेरी थिईन्। शशी सानै छँदा अामा मृगाैलाकाे राेगले परलाेक हुनुभयाे लगत्तै बाबा पनि आमाको शोकले हृदयघात भएर परलाेक हुनु भयो। शसिको इच्छा हरु त्यसै तुहिन्छ कि भनेर सारै चिन्ताले सताएको पनि थियो। शशी पढाइमा धेरै मिहनेत गरेर पढेको कारण पनि र शिक्षण लाई म कसरी अगाडि बढाउ भनेर तल्लिन हुन्थिन् ।
शशीले म्याट्रीक सम्म बाबा आमा हुँदै जेन तेन पढिन्।दुई दिदी र एक दाजु र एक बहिनीकाे बिहे भै सकेकाे थियाे ।बाँकी दुई बहिनी माथिकाे जिम्मेवारी दाजुमा रह्याे , सबै जिम्मेवारी बाबा आमा को अभिभारा दाजु बाट शुख दुख गर्दै आफ्ना पीडा के कति जति भएनी कहिले भन्नू भएन । उनलाई थाहा थियो दाजु को पनि इच्छा होला तर सबै रहर लाई पन्छाएर मेरो लागि दाजुले केही कमि कहिले हुन दिनु भएन । समजाले भन्ने गर्थ्यो किन बहिनी लाई पढाउछौ भनेर दाजुले सधैं भन्ने गर्नु हुन्थ्यो मैले नपढेर के भो त भोलि बहिनी सबल भैइन भने मलाइ पुन्य पाउछु भनेर भन्दा उनलाईइ सधैं बाबा आमाको कमि महसुस कहिले हुन दिनु भएन ।
शसि दाजुको सारै प्यारी बहिनी थथिईन्।दाजु को माया नै उनका लागि बरदान थियो शसि भएर बाच्ने आधार दाजुले नै बनाउनु बहएको हो । दाजुले भरमग्दुर बहिनीहरुका चाहना आवश्यकताकाे पूरा गर्दै रहेपनि आर्थिक र घरायसी बेमेलका कारण कान्छी बहिनीलाई मामाहरुले लगेर पाले। बाँकी शशीले जेनतेन अाफ्नै खुट्टामा उभिन्छ बिहे गर्दिन भनेर जागिर तिर लागिन् ।
समय बित्दै गयाे ,सामाजिक ,सांस्कारिक ,एवम् अन्य कारण बिहे नगर्ने साेँच गरेर बसेकी शशीले अाखिर समाजकाे आखा छाराे हाल्न पनि विहे गर्ने भईन ।
शसि को लागि समजिक कुरा लान्छना आउँछ भनेर उन्ले बिहे गर्ने भैइन ।उन्लेफ्ना बाबा आमाकाे अर्ति उपदेश आफ्ना जीवनमा उतार्ने हरतरह काेशिस गरिरहन्थिन।उनले सुनेकी थिईन्” कुलकाे छाेरा ,मूलकाे पानी सही र हीतकारी हुन्छ,। यसैबीच काेही अाफ्ना विश्वासिला मान्छेकाे कुरा सुनी पण्डितकाे छाेरासँग विहे गरिन्।आज आज भाेलिभाेलि ,उनलाई घरपरिवारले दुख दिँदै गर्याे नचाहिने ढर्रा ,खाेक्रा आडम्बर बाेकेर हुर्केकाे परिवारका कयाैँ नराम्रा कर्तुतहरु पनि उनले भाेगिन् पण्डितकाे छाेराले समाजमा गर्न नहुने कयाै खानपान देखि गलत आचरणका कुरा लिएर उनलाई जीवन भर मर्नु न बाँच्नुकाे दाेधारमा बाँच्न बाध्य बनायाे न उनी सुखले जीउन सक्छिनन् न छाेडेर अर्काेसँग विहे गर्न। मान मर्यादा र असल गृहिणी एक पतिव्रता नारीका अनेक कथा पढेकी शशीले आफूला ई सुख दिन र शान्तिकाे सास फेर्न कहिलै सकिनन् ।तथा कथित कूलकाे छाेराले दिएका चरम यातना सहदै आजिवन पिल्सिरहिन्।
दु:ख पाएँ तर मुख फेर्न सकिन उन्कै लागि जिएँ शुख फेर्न सकिन छोडी जाउ कहाँ सबैले कुरा काट्छन् जति गरे नी आफ्नो दु:ख फेर्न सकिन
सोमनाथ लुइटेल रवि पाल्पाली