न भोकले च्यापिनुपर्छ न रोगले च्यापिनुपर्छ। तिमी मन्त्री हौं तिमीले दरबार बाटै गफिनुपर्छ।
जति दुखाउन मन छ दुखाउनु कुनै गुनासो छैन। म खाट हुँ एक न एक दिन त मैले भाँचिनुपर्छ।
ओ मान्छे फूल भनेर मलाई कमजोर नबनाउनु, फूलले फूल बन्न पाएकै बखतमा ओइलिनुपर्छ।
जसले प्रयोग गर्यो प्रशंसा पायो मान्छे कमायो। ऊ कलम हो उसले चुपचाप साथ सकिनुपर्छ।
तिमी छोरी हौ, छोरी भएकैमा तिमीले गर्व गर, छोराले बाको लास छेउमा एकछिन उभिनुपर्छ।
TF TR ठेगाना:सिन्धुली हाल: काठमाडाैँ