मुक्तक(१) अरुको मन जितेमा खुशी त्यसै मिल्ने रैछ मनसँग मन मिलेमा खुशि त्यसै मिल्ने रैछ रिस ,राग र घमण्डले आफैंलाई हानी गर्छ यहि कुराहरु बुझेमा खुशी त्यसै मिल्ने रैछ । मुक्तक (२) यो जिन्दगी यताको न उताको भैदियो जस्तो सुँगाझैँ बन्दी पिँजडाको भैदियो कहिले अरुको भर कहिले आफ्नै भर बुझ्न नसकेर जिवन झमेलाको भैदियो ।
मुक्तक(३) घर घडेरि हुँदैमा मान्छे अमिर नहोला बसिखाने मोजमस्तिमा तकदिर नहोला बाहिरी हाँसो देख्दैमा खुशी के छ भन्नू भन्न सकिदैन उस्लाई पनि पिर नहोला ।
मुक्तक(४) झन्झन् पिडादायी अबस्थामा परेका छौँ कोभिड१९ले गर्दा बाध्यतामा परेका छौँ न त कामकाज चल्छ न त पैसो आउँछ जिवन होला मरण झमेलामा परेका छौँ ।
मुक्तक(५) गाउँ खुल्ला छ शहर साघुँरो हुन थाल्यो शान्ति हराउँदै द्वन्दको कुरो हुन थाल्यो राजनीति यसरी मौलायो कि घर घरमा मान्छेसँग मान्छे पनि चतुरो हुन थाल्यो ।
रमेश “संयोग” श्रेष्ठ माेरङ,उर्लाबारी हाल रियाद साउदी