Breaking News

मन्त्रिपरिषद् बैठक भर्खरै सकियो, यस्ता छन् निर्णय

By मनासलु

September 27, 2020

असाेज ११, काठमाडौं । आज बसेकाे मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ । आइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।