उराठिएकाे मन रातभर सुत्न सक्दैन आल्टे काेल्टे फर्कन सकिएकाे छैन ऐया! चसक्क चस्कियाे ढाड! उफ् गाेडा पनि बाउँडियाे ए बुढी !ए बुढी! चिच्याउँन खाेज्छु यसाे टाउकाे घुमाउँछु उनी त मस्त निन्द्रामा घुरिरहेकी हुन्छिन् साेच्छु आहा!कति मस्त निन्दाएकी आफु त दुखाईकाे पीडामा छु नै किन उन्लाई पीडा दिउँ? आ हाेस् दुखाेस् उठाउँदिन! साेचें उन्लाई पनि दुख्दाे हाे सायद म निदाएकाे ठानी, आवाज नदिएरै चुपचाप फेरि काेशिस गर्दै निदाईन् ओहाे!हाेनी म पनि त्यसै गर्छु,
अहँ अरर्रिएकाे शरीर अटेरी रहेछ पटक्कै मान्दैन त! बाहिर झमझम पानी दर्केकाे आवाज असारकाे झरी समयमा राेपाईं गर्नु पर्छ नत्र हुर्कन्छन् ब्याडका विरुवा! खेतमा आली थुनिएका छैनन् की? पानी भरिदै त हाेलानी? उफ् !एकपटक हेर्न जान पाए हुन्थ्याे? बुढी उठाउँ की? आहाेस् विचरी ! कुखुराकाे डाकाेमा उठ्छे भकाराे साेहरेर साेतर बिछ्याउँछे गाई दुहुन्छे,हिजाका दहि मथी नाैनी ओहाे नाैनी तताउँनु पर्छ नत्र फाट्छ भन्छे।
अनि झिसमिसे मै उठ है बुढा! म घाँस काटेर ल्याउँछु बटुकामा माेई छ खानु है!!! डाकाे दिई हिड्छे वनतिर हाे नी याे बुढेसकालमा नी सुख पाईने विचरी ले!!!
छाेराे काे बिहे गर्देर विदेश पठाकाे भए वुहारी हुन्थीन् है! सासुलाई सघाउँदि हुन् पधेरा बाट पानी ल्याउँदिहुन् मेलाेपात गर्दिहुन् खेताला खाेजी राेपाईं गराउँदिहुन् थुक्क ! त्यत्ति बुद्धि पुर्याएकाे भा!!!
मनमा अनेक कुरा खेलाउँदै थिएँ भाले बासेकाे आवाज अायाे ला!भाले बासिसकेछ पटक्कै निन्द्रा लागेन बुढी उठ्ने बेला भैसकेछ दाेस्राे डाकाेमा ब्युझी बुढी आङ् मर्काउँदै लाै!ढिला हुन्छ अाज राेपाईं छ,अर्नि धेरै पकाउँनु पर्छ फतफत गर्दै उठी! म सुते झैं चुपचाप उस्का दैनिकीका आवाज सुनिरहें समय भएसी ए बुढा उठ! आज राेपाई छ! उठ्नै मन छैन भारी छ शरीर कस्लाई सुनाउँ काे संग मद्दत मागुँ छाेराे सम्झे! उ घरमा भएकाे भए करले भएनी खेताँ जादाे हाे बाउसे अरु खाेज्नै पर्थेन साथी बटुली ल्याउँदाे हाे मेलापातकाे सट्टापट्टा गर्दाे हाे म बुढाकाे सट्टापट्टा कस्ले मन पराउँछ?
देशमा राेजगारी भाकाे भए युवा युवती विदेसिनु पर्थेन बुढाबुढी बाआमा यसरी बेसहारा हुन पर्थेन भएका खेतवारी बाँजाे हुने थिएनन् लालावालाका विचल्ली हुने थिएनन् वर्षाै पति विदेसिदा पत्नी उराठ हुने थिईनन् समाजकाे गिद्दे नजरले अर्काे संग भाग्न वाध्य हुने थिएनन् साैतेनी व्यवहार भाेग्नु पर्थेन ती कलिला नानीहरुले,
यति सम्म हाे र! लास उठाउँन जवान काँध छैन हुनत समय बदलिई सकेकाे छ समानान्तर छ नारी हक तर नारीले लास उठाउँने चलन थिएन वाध्यतामा मलामी बनेका छन् नारी! यसाे सम्झदा भक्कानियाे मन अनि भन्न भित्रै बाट आयाे धिक्कार छ सरकार धिक्कार छ वाद धिक्कार छ तन्त्र!!!!
शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल परदेश