१
उसले मेरो मुटुमा मैदान बनाउन खोजेपछिको कुरा हो । बार्गेनिङ गर्ने दोकान बनाउन खोजेपछिको कुरा हो ।। मैले सम्बन्धलाई विश्राम त्यसकारण दिएको । प्रत्येक दमन समाधान बनाउन खोजेपछिको कुरा हो ।।
२
बाच्नु होस् केके देखिन्छन् यी आँखा अगाडि । मुटु मैदान बनाई टेकिन्छन् यी आँखा अगाडि ।। माया प्रेमको प्रलोभनमा पारेर प्रेमिले । हत्या गरि घाँटी नै रेटिन्छन् यी आँखा अगाडि ।।
३
तिमी दिनको किरण वन वा रातको जुन बन । मलाई प्रवाह छैन पितल बन वा सुन बन ।। मेरो नजरमा एकरत्ति पनि ठिक छैनौं । लाखौंको नजरमा तिमी करोडौंको गुन बन ।।
४
खाडीमा गएको दाइलाई सम्झेर रून्छिन् आमा । असीडिग्री तापक्रम सुन्दा भावविह्वल हुन्छिन् आमा ।। संसारमा आमाको जस्तो अम्मर माया कस्को हुन्छ र । घरिघरि सम्झनामा तिम्रो तस्बिर छुन्छिन् आमा ।।
५
फुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी । टुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी ।। प्रिय भनौं वा दोस्मन भनौं म । लुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी ।।
सरिता कठायत सुप्रिया दिपायल , सिलगढी हाल सेती प्राबिधिक शिक्षालय दिपायल