काठमाडौं । गायिका शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको लोकगीत ‘बन चरीलाई बन’ सार्वजनिक भएको छ । देव सेनको लय, सन्तोष सुवेदीको शब्द रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसलाई होम धितालले निर्देशन गरेका हुन् । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त, गजेन्द्र पन्तको रहेको छ । गीतको कोरियोग्राफी पनि पन्तलेनै गरेका हुन् । मरुभूमि नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।