साहित्य

काठमाण्डौ बाट सुरेश वैद्य को मनछुने गजल

By मनासलु

September 30, 2020

सदियौ देखि यसरी नै थिचो मिचो चलेको छ शान्त मुहार भित्र हेर छाती कति जलेको छ।।

दुई दिन को जिन्दगी जिउन किन यति गाह्रो दिन रात रगत पसिना बगाउदा उ गलेको छ।।

दैब पनि किन यसरी पक्षपाती भएको होला सधै गरिब कै मात्र उस्ले आखा छलेको छ।।

कुनै दिन अबश्य बिकराल बन्छ यो समस्या ज्वालामुखी झै भित्र भित्रै बिद्रोह बलेको छ।।

कमजोर न सम्झ जनता लाई ए शासक हरु ईतिहास साक्षी छ कैयौ को तख्ता ढलेको छ।।         सुरेश वैद्य                                                  काठमाडौ