गाेरखाकाे बारपाक सुलिकाेटले चाडपर्व खर्च जुटाउन श्रमिकहरुलाइ राेजगार दिने

शुक्रबार, असाेज १६, २०७७
असोज १६,गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले राहात दिनुपर्ने नागरिकहरुलाई रोजगारी दिने तयारी गरेको छ । गाउँपालिकाले चाडपर्व सुरु हुन लागेको पूर्वसन्ध्यामा कोभिड–१९ को कारण रोजगारी गुमाएका श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै रोजगारी दिने तयारी थालेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
‘बिपन्न समुदायलाई लक्षित गरि राहातका लागि रोजगारी कार्यक्रम सञ्चालनका लागि गाउँकार्यापालिकाको बैठकले निर्णय गरिसकेको छ, उनले भने, ‘काम बिहिन जनसमुदाय त था बिपन्न नागरिकहरुलाई रोजगारीमा सहभागी गराउने छौ ।’ अध्यक्ष भट्टले कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक नागरिकहरुले दैनिक ६ सय ५० रुपैयाका दरले ज्याला प्राप्त गर्ने बताए ।
‘राहातका लागि रोजगारीमा सहभागी हुन चाहाने नागरिकहरुले दैनिक ८ घण्टा काम गर्नुपर्ने हुन्छ, ‘काम गरिसकेपछिको भुक्तानी वडा कार्यालयले कामको अनुगमन गरिसकेपछि वडा कार्यालय मार्फत नै हुनेछ । उनले रोजगारीमा सहभागी हुन चाहाने नागरिकहरुलाई लागि गाउँपालिकाले  बुधबार सूचना समेत जारी गरि सकेको बताए ।
गाउँपालिकाले ल्याएको राहातका लागि रोजगारी कार्यक्रम अन्तरगत स्थानीय औजार तथा निर्माण सामग्रीको प्रयोग गरी काम गर्ने गर्ने व्यवस्था मिलाइएको छ ।