सुमित्रा लामा र चिज गुरुङको स्वर रहेको बुट्टे रुमाल बजारमा( भिडियो सहित)

आइतवार, असाेज १८, २०७७

विश्व खेर कोभिड १९ (कोरोना) कहर ले गुज्रिएको छ, यस्ता दुख पीडा लाई भुल्ने एक मात्र उत्कृष्ट माध्यम गीत संगीत नै रहेछ । नेपालीहरुको महान पर्व बिजयादशमी नजिकदै गर्दा सुमित्रा लामा ले मौलिकपन बोकेको गाउँघर मेला पर्व मा चल्तिको गीत रुमाल बुट्टे छ बजार मा ल्याएकी छिन ।

सुन्ने बित्तिकै मस्तिष्कमा छुने प्रकारको रुमाल बुट्टे छ को शब्द चिजा तामाङले लेखेकी हुन भने शब्द स्वयम् गायिका सुमित्रा ले भरेकी छ्न । गायिका लामालाई स्वरमा साथ चिज गुरुङले दिएका छन ।

पछिल्लो समयको चर्चित निर्देशक दिप कोके गुरुङको निर्देशन मा छायांकन गरिएको म्यूजिक भिडियोमा सुमित्रा लामा, चिजा तामाङ चिज गुरुङ बिनि कोके गुरुङ सुस्मिता , सचिन , आशिसले अभिनय गरेका छ्न ।गोरखा धारापानी कि सुमित्राले यो भन्दा पहिले पनि गोर्खालीलाई केही होइन सानोचोट, स्याङ्जालीको माया, उमेर भयो १७ जस्ता गीत हरुबाट दर्शक श्रोताको मन जितिसकेकी छिन ।

गीत मा बाल्यकालमा देखिने गतिविधिहरुलाई चित्रण गरिएको छ । चंचले उमेरमा गाउघर मेला पर्व मा गरिने ठट्यौलीपन्लाई आधार बनाइएको छ। रुमाल बुट्टे छ लाई चिजा तामाङको यूट्यूब च्यानलबाट बजारमा ल्याएको हो ।