नेपाल विद्यार्थी सँघले कुट्याे त्रिविमा उपप्रध्यापक

मङ्लबार, असाेज २०, २०७७

असाेज २0 काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेलाइ नेपाल विद्यार्थी सँघले  आक्रमण आज आक्रमण गरेकाे छ ।

बिहान करिब  १० बजेर १५ मिनेट जादा चलाउने माथि  विश्वविद्यालय परिसरमै आक्रमण भएको हो । चलाउनेको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको त्रिभुवन विश्वविद्यालयले जनाएकाे छ । चलाउनकाे मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । “सरको अवस्था गम्भीर छ”, हस्पिटलमा रहेका अर्का उपप्राध्यापक केशव सिलवालले जानकारी दिए ।

चलाउनेलाई केहि दिन देखि नेविसंघका नेताहरुले ज्यान लिने  धम्की दिदै आएको बताइएकाे छ । चलाउने विभागमा अत्यन्त मिलनसार, इमान्दार र कर्तव्यनिष्ठ उपप्राध्यापककाे रुपमा परिचित छन् ।

यस अघि साेमबार लुम्विनि प्रदेशमा काँग्रेस साँसदहरुले कुर्ची,माइक,टेवल ताेडफाेड गरेका थिए ।